निरीक्षण नगर्दा सञ्चालनमा आएन ट्रायल सेन्टर

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित राजपुरमा निर्माण सम्पन्न भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल सेन्टर सञ्चालनमा आउन सकेको छैन । सम्बन्धित निकायले निरीक्षण नगर्दा उक्त सेन्टर सञ्चालनमा आउन नसकेको हो । दुई वर्षभन्दा बढी समय लगाएर निर्माण सम्पन्न भएको उक्त सेन्टर सरोकारवाला निकायको हेलचेक्र्याइँका कारण हालसम्म सञ्चालनमा नआएको भन्दै नागरिक आक्रोशित बनेका छन् […]