उत्तर कोरियामाथि लगाएको प्रतिबन्ध हटाउने रुस र चीनको तयारी

१६ कात्तिक, काठमाडौं । चीन र रुसले उत्तर कोरियामाथि लगाइएका प्रतिबन्ध खुकुलो पार्न भन्दै राष्ट्रसंघीय सुरक्षा परिषद्समक्ष प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । चीन र रुसले मूर्ति, सी फुड, कपडा निर्यातमा प्योङयाङमाथि लगाइएको प्रतिबन्ध हटाउन भन्दै सन् २०१९ मा तयार पारिएको प्रस्ताव सुरक्षा परिपद्समक्ष पुन: पेश गर्न लागेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । […]