काठमाण्डाै - नेकपा (माओवादी केन्द्र) ले गएकाे वैशाखमा सम्पन्न पालिका सदस्य चुनावबाट निर्वाचित जनप्रतिनिधिलाई पालिकाबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले आजदेखि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ ।
काठमाण्डौमा दुई दिनसम्म हुने कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानुन निर्माणलगायत विषयमा विज्ञले प्रशिक्षण दिनेछन् ।
पार्टीका शीर्षनेता, पूर्वमन्त्री, पार्टीको विभिन्न विभागका प्रमुख एवम् सङ्घीयताविद्, अर्थतन्त्र विज्ञ, पूर्वमहान्याधिवक्त...