भारतको सर्वोच्च अदालतले बिहिबार सिख धर्मावलम्बीहरूले लगाउने पगडीलाई हिजाबसँग तुलना गर्न नसकिने बताएको छ । शैक्षिक संस्थाभित्र हिजाब लगाउन प्रतिबन्ध लगाउने कर्नाटक उच्च अदालतको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइमा सर्वोच्च अदालतले यस्तो बताएको हो । न्यायाधीश हेमन्त गुप्ताको अध्यक्षतामा रहेको सर्वोच्च अदालतको पाँच सदस्यीय बेन्चले सिख धर्मावलम्बीको पगडी र कृपाण अनिवार्य भएको तर हिजाबको सन्दर्भमा त्यस्तो व्यवस्था नभएको बतायो । न्यायाधीश हेमन्त गुप्ताले कृपाणलाई संवैधानिक संरक्षण प्राप्त