बाग्लुङ - जैमिनी नगरपालिका–८ को पुरानो गाउँ वन क्षेत्रमा ‘बाँदर बगैँचा’ तथा पर्यटकीय क्षेत्र बनाउन पहल सुरु गरिएको छ । बाँदरको बगैँचा र प्राकृतिक वन्यजन्तु उद्यान बनाउनका लागि नगरपालिकाले छलफल सुरु गरेकाे हाे ।
जैमिनी नगरपालिका र डिभिजन वन कार्यालय बाग्लुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने सहमति भएको छ । साथै भेलाले बाँदर पार्क बनाउन आवश्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारलाई आग्रह गर्ने&...