के रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनबिरुद्दको लडाईमा परमाणुअस्त्र चलाउलान्?

एउटा स्वीकारोक्तिबाट सुरु गरौँ। धेरै पटक मैले सोचेको थिएँ: 'पुटिनले यस्तो कहिल्यै गर्दैनन्।' तर उनले त्यसै गरे।'उनले कहिल्यै क्राइमियालाई गाभ्दैनन्।' उनले गाभे।'उनले कहिल्यै डोन्बासमा युद्ध सुरु गर्दैनन्।' उनले गरे।'उनले कहिल्यै युक्रेनभरि आक्रमण गर्दैनन्।' उनले गरेका छन्।त्यसैले मैले निष्कर्ष निकालेँ कि 'सायद कहिल्यै गर्दैनन्' भन्ने शब्दावली भ्लादिमिर पुटिनका लागि लागु हुँदैन।'उनले कहिल्यै परमाणुअस्त्र पहिले चलाउँदैनन्। चलाउलान् त?'यो सैद्धान्तिक प्रश्न हो। रुसका राष्ट्रपतिले नेटो नेताहरूको युक्रेनबारे 'आक्रामक अभिव्यक्ति' दिएको भन्दै आफ्नो सेनाको परमाणुअस्त्र एकाइलाई उच्च सतर्कतामा राखेका छन्।पुटिनका अभिव्यक्तिहरूलाई ध्यान दिएर सुन्नुहोस्। गत बिहीवार उनले टीभीमा युक्रेनमाथि विशेष सैन्य कारबाही (वास्तवमा पूर्ण आक्रमण) घोषणा गर्दा उनले एउटा डरलाग्दो चेतावनी दिएका थिए।'यसलाई बाहिरी हस्तक्षेप ठान्ने जोकोहीलाई - यदि त्यस्तो ठानेमा त्यसको परिणाम इतिहासमा अहिलेसम्म देखिएको परिणामभन्दा ठूलो हुनेछ।''पुटिनको शब्द परमाणुयुद्धको धम्कीजस्तो सुनिन्छ,' नोबेल शान्ति पुरस्कार विजेता तथा नोभाया गजेटा पत्रिकाका प्रधानसम्पादक दिमित्री मुरातोभ भन्छन्।'त्यो टीभी सम्बोधनमा पुटिन क्रेम्लिनको सञ्चालक नभएर पूरै पृथ्वीको सञ्चालकले जसरी बोले। जसरी विलासी कारका मालिकले कारको साँचो औँलामा घुमाएर देखाउँछन्, पुटिनले परमाणुअस्त्रको साँचो घुमाएर देखाए। उनले धेरै पटक भने: यदि रुस रहँदैन भने पृथ्वी किन चाहियो? कसैले ध्यान दिएन।''तर त्यो एउटा धम्की थियो कि रुसलाई उनले चाहे जस्तो तरिकाले व्यवहार गरिएन भने सबै कुरा समाप्त हुनेछ।'सन् २०१८ को एउटा वृत्तचित्रमा राष्ट्रपति पुटिनले भनेका थिएः '…कसैले रुसलाई नष्ट गर्ने सोचेमा हामीसँग प्रतिकार गर्ने कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ। तर म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसबिनाको विश्व किन चाहियो?'अब सन् २०२२ मा आउनुहोस्।पुटिनले युक्रेनसँग युद्ध सुरु गरेका छन् तर युक्रेनी सेनाले बलियो प्रतिकार गरेको छ। पश्चिमा राष्ट्रहरूले क्रेम्लिन चकित पर्नेगरी एकताबद्ध भई मस्कोविरुद्ध आर्थिक नाकाबन्दी गरेका छन्। यसबाट पुटिन नेतृत्वको प्रणालीको अस्तित्वबारे नै शङ्का उत्पन्न भएको हुनसक्छ।'पुटिन कुनामा पुगेका छन्,' मस्कोस्थित रक्षाविज्ञ पाभेल फेल्गेन्हर भन्छन्।'उनीसँग धेरै विकल्प छैनन्। एक पटक पश्चिमा विश्वले रुसी केन्द्रीय ब्याङ्कको सम्पत्ति रोक्का गरेपछि र रुसको आर्थिक अवस्था झरेपछि उनको प्रणालीले काम गर्दैन।''एउटा विकल्प युरोप पछाडि हट्ने आशामा ग्यास निर्यात बन्द गर्ने हुन्छ। अर्को विकल्प ब्रिटेन र डेन्मार्कबीच रहेको समुद्रमा परमाणुअस्त्र पड्काउने र के हुन्छ हेर्ने हुन्छ।'यदि पुटिनले परमाणुअस्त्र प्रयोग गर्ने विकल्प रोजे भने के उनलाई निकटस्थ कुनै व्यक्तिले रोक्न प्रयास गर्न सक्छ?'रुसको राजनीतिक वृत्त कहिल्यै नागरिकसँग छैन,' मुरातोभ भन्छन्। 'उनीहरुले जहिल्यै शासकको पक्ष लिन्छन्।'अनि पुटिनको रुसमा शासक सबैभन्दा शक्तिशाली छन्। यो देशमा जबाफदेही विरलै देखिन्छ। त्यहाँ क्रेम्लिनले जे भन्यो त्यही हुन्छ।'कोही पुटिनविरुद्ध उभिन तयार छैन,' फेल्गेन्हर भन्छन्। 'हामी खतरनाक स्थानमा छौँ।'युक्रेन युद्ध पुटिनको युद्ध हो।यदि उनी आफ्नो अभिलाषामा सफल भए भने स्वतन्त्र राज्यको रूपमा युक्रेनको भविष्य सङ्कटमा पर्छ। यदि उनी असफल हुँदै गए र ठूलो क्षति बेहोर्ने अवस्थामा पुगे भने क्रेम्लिनले हताश उपाय अपनाउने अवस्था बन्छ।विशेषगरी जब 'सायद यस्तो गर्दैनन्' भन्ने मान्यता लागु हुँदैन।

सम्बन्धित सामग्री

पाइलट बन्न चाहन्थे पुटिन

युक्रेनमा आक्रमण गरेपछि विश्वका अधिकांश देशको आलोचना खेपिरहेको रुसका राष्ट्रपति भ्लादिमिर पुटिन वास्तवमा राजनीतिज्ञ नभएर विमान उडाउने पाइलट बन्न चाहन्थे ।

दक्षिण अफ्रिका र भारत जान नचाहेका रुसी राष्ट्रपति पुटिन चीन जान भने तयार

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन आगामी अक्टुबर चीनको भ्रमणमा जाने तय भएको छ ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान भ्रमणमा

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन इरान पुग्नु भएको छ । गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरू गरेपछि यो उहाँको दोस्रो विदेश भ्रमण हो । तेहरान पुगेको केही सममै उहाँले इरानका राष्ट्रपति इब्राहिम रैसीसँग भेटघाट गर्नुभएको छ । भेटका क्रममा पुटिन र रैसीबीच खाद्यान्न निर्यातकर्ता मुलुक सिरिया र युक्रेनकाे विषयमा छलफल भएको बुझिएको छ । […]

रुसले युक्रेनमा युद्ध लम्ब्याउन चाहन्छ : अमेरिका

२८ वैशाख, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनविरुद्ध लामो लडाइँको तयारीमा रहेको अमेरिकाले दाबी गरेको छ । आफ्ना गुप्तचर अधिकारीको रिपोर्ट अनुसार अमेरिकाले उक्त दाबी गरेको हो । युक्रेनको पूर्वी क्षेत्र डोनबास कब्जा गर्न रुसले आफ्ना सेनालाई त्यहाँ केन्द्रित गरेको बेला अमेरिकी गुप्तचर अधिकारीको सो भनाइ सार्वजनिक भएको हो । अमेरिकाको नेशनल इन्टेलिजेन्सको प्रमुख […]

जी २० सम्मेलनमा सहभागिता बारे पुटिन अझै अनिर्णीत

मस्को । विकसित राष्ट्रहरुको समूह जी २० को सम्मेलनमा सहभागीताका बारेमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अझै पनि अनिर्णीत भएका छन् । उनका प्रवक्ताले शुक्रबार दिएको जानकारीअनुसार पुटिनले यस बारेमा अहिलेसम्म निर्णय नगरे पनि चाडै निर्णय आउने अपेक्षा गरिएको छ । ‘उनले गर्ने निर्णय जति सक्दो चाँडो हामीले यहाँहरुलाई जानकारी गराउने छौँ, तर अहिलेसम्म भने कुनै […]

रुसी र टर्कीस राष्ट्रपतिबीच फोनवार्ता

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानबीचमा फोनवार्ता भएको छ । बिहीबार भएको वार्तामा रुस र युक्रेनको द्धिपक्षीय सम्बन्धका विविध विषयमा कुराकानी भएको बताइएको छ ।दुई देशकाबीचको व्यापार, लगानी तथा अन्य द्धिपक्षीय व्यापारिक सम्झौता र सहमतिका बारेमा कुराकानी भएको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन् । क्रेमलिनले दिएको जानकारीअनुसार उनीहरुका फोनवार्ताका क्रममा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा हालै भएका भ्रमण तथा व्यापारिक वार्ताका विषयमा पनि कुराकानी भएका समाचारमा जना

रुस, युक्रेन र नेटोसँग जोडिएका ७ प्रश्न र त्यसका जवाफ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि हमलाको कुनै पनि योजना भएको कुरा महिनौँदेखि अस्विकार गरिरहेका थिए । उनले बारम्बार आफूहरुले युक्रेनसँग जोडिएको सीमामा सैनिक युद्धाभ्यासमात्रै गरिरहेको बताइरहेका थिए ।तर बिहिबार उनले युक्रेनमा विशेष सैन्य कारवाही गर्ने घोषणा गरिदिए । उनको यो घोषणापछि युक्रेनको राजधानी किएभसहित देशका अन्य हिस्सामा बिस्फोटका आवाज सुनिन थाले ।रुसको तर्फबाट भएको यो कारवाहीले पुटिनको मिन्स्क शान्ति सम्झौतालाई तोड्छ र यो युक्रेनका दुई पृथकतावादी क्षेत्रमा सेना पठाउने सोम

पुटिन र सीबीच वार्ता हुँदै

२९ मंसिर, काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार वार्ता हुँदैछ । पश्चिमी मुलुकसँग रुस र चीनको तनाव बढिरहेका बेला दुबै नेताले भर्चुअल वार्ता गर्न लागेका हुन् । रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार हुने भर्चुअल वार्तामा अमेरिका र नेटोको ‘आक्रामक’ अभिव्यक्तिबारे कुराकानी हुने बताए । ‘अन्तर्राष्ट्रिय अवस्था र खासगरी […]

निकटवर्ती सहयोगीलाई कोरोना लागेपछि पुटिन आइसोलेसनमा

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सेल्फ आइसोलेसनमा गएका छन् ।  उनका निकटवर्ती सहयोगीहरूमा कोरोना संक्रमण देखिएपछि उनी आइसोलेसनमा गएका हुन् ।  न्युज एजेन्सी एएफपीका अनुसार, पुटिनले यसै साता ताजकिस्तानको भ्रमण गर्नुपर्ने थियो तर अब त्यो हुने छैन । क्षेत्रीय सुरक्षाको बैठकमा भाग लिन पुटिन ताजकिस्तान जानुपर्ने थियो ।