काठमाण्डाै – सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशी शक्तिको साथ रहेको बताउनु भएको छ ।
पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहनु भएका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बन्नु भएको खुलासा गर्नु भएको हो । नेपाल–चीन हिमालयन मैत्री समाजले शनिबार काठमाण्डौमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उहाँले नेपालको राज...