पन्ध्र लाख युवाहरूलाई उत्पादनमा लगाउने योजनासहित अघि अर्थमन्त्रीको आग्रह

 अर्थमन्त्री जनार्दन शर्माले देशका १५ लाख युवाहरूलाई उत्पादनमा कार्यमा लगाउने योजनासहित अघि बढ्न युवाहरूलाई आग्रह गरेका छन् । योङ्ग कम्युनिस्ट लीग नेपालले शनिवार भर्चुअल रूपमा आयोजना गरेको राष्ट्रिय भेलालाई राजधानीबाट सम्बोधन गर्दै मन्त्री शर्माले युवाहरूलाई संगठित गरी समाजवादी अर्थतन्त्र निर्माणमा परिचालन गर्न आग्रह गरेका हुन् । उत्पादन अभियानमा युवाहरू दिलो ज्यानले नलागेसम्म संविधानले निर्दिष्ट गरेको समाजवादी अर्थतन्त्रमा जान सम्भव नभएको भन्दै उनले देशका १५ लाख युवाहरूलाई उत्पादन र रोजगार