लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दैछ । भदौ ९ गते जसपाबाट अलग भइ लोसपा गठन भएको भोलिपल्ट अर्थात् भदौ १० गते लोसपा कार्यकारिणी समितिको बैठक बसेको थियो । आठ महिनापछि मात्र दोस्रो बैठक बस्न गइरहेको छ ।पार्टी कार्यालय बबरमहलमा बस्न लागेको बैठकमा स्थानीय तहको चुनाव, संगठन निर्माण, सरकारमा सहभागी लगायतका विषयमा छलफल हुने सो पार्टीका कार्यकारिणी सदस्य जितेन्द्र सोनलले बताए । स्थानीय तहको चुनावमा उम्मेदवार छनौटको मापदण्डदेखि दिएर घोषणापत्र तयारीलगायत संगठन विस