विगत केही दिनदेखि जारी नेपाली राजनीतिको चाकाचुलीले अनेक प्रश्न उब्जाएका छन् । ती उब्जिएका प्रश्न र तिनको उत्तर खोज्नुअघि थोरै चर्चा राजनीतिबारे नै गर्नु सान्दर्भिक होला । आजभन्दा झन्डै २५ सय वर्षअघि...
जेसुकै भए पनि कांग्रेसको सहमतिसँगै अस्थिरतामा आफ्नो अस्तित्व खोज्ने प्रचण्डपथमा होइन, स्थिरतामा नीतिगत सुधार खोज्ने दुई ध्रुवीय राजनीतिको शंकरपथमा अबको नेपाली राजनीति जाने निश्चित प्रायः छ ।
नेतामुखी राजनीतिक दल राजनीतिक मैदानमा लामो समय टिक्न सक्दैन। यसले दलभित्र नै गुट वा उपगुट खडा गर्न प्रश्रय दिन्छ। नेतालाई मनमौजी र सर्वोपरि बनाउँछ। दलको भूमिका कमजोर पार्छ। यसले आखिर देश र जनताको हित गर्दैन।
समसामयिक नेपालको राजनीतिको बारेमा राजनीतिक विश्लेषकहरु अलमलमा पर्न थालेका छन् । किनभने नेपालको राजनीतिक विकासक्रम कुनबेलामा कुन मोडमा पुग्ने हो, कुनबेलामा कुन मोडमा पुगेर दुर्घटनाग्रस्त हुने हो थाहा हुँदैन । एउटा कुरामा भने सबैको सहमति देखिन्छ, नेपाली राजनीति खतराक्षेत्रमा प्रवेश गरिसकेको छ । यदि आपसमा संयमता, समझदारी र सहमतिमा मुलुकको राजनीतिक प्रक्रिया प्रवेश अझै नगर्ने […]
१० पुस, काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली राजनीति र हालै सम्पन्न विश्वकप फुटबल उस्तै रोमाञ्चक रहेको टिप्पणी गरेका छन् । आइतबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित ४ दलको बैठकमा सहभागी भएपछि बाबुरामले यस्तो टिप्पणी गरेका हुन् । उनले लेखेका छन्, ‘हालै सन्पन्न […]
नेपाली राजनीति एकातिर गतिशील देखिन्छ भने अर्कोतिर रहस्यमय रूपमा विकास हुँदै गएको देखिन्छ। राज्य सञ्चालनको आधार स्तम्भको रुपमा अर्थात् समाज विकासको प्रमुख भूमिकामा राजनीतिक सैद्धान्तिक आधारलाई मान्न सकिन्छ।त्यस्तै, अर्को महत्वपूर्ण पक्ष भनेको नेतृत्वको व्यवहार इमान्दारी हो। यसर्थ देशको समृद्धि, सुशासन र समग्र पक्षको विकास कसरी गर्ने भन्ने मुख्य दायित्व सत्ता सञ्चालन गर्ने राजनीतिक दलमा नै निर्भर रहने गर्दछ।नेपाली इतिहासमा राजनीतिक कालखण्डहरूको राम्रोसँग अध्ययन मात्रै गर्ने हो भने पनि राजनीतिको बा
पाप धुरीबाट कराउँछ भन्ने नेपाली उखान चरितार्थ हुँदैछ निलम्वित प्रधानन्यायाधीश सम्माननीय चोलेन्द्र समशेर राणाजीबाट । स्पष्टवक्ता हुनुहुँदो रहेछ राणाजी । जुन कुराको शंकामात्र गरिएको थियो,आज उहाँकै मुखबाट खुलासा गर्दै हुनुहुन्छ । नेपाली राजनीति र न्यायालयका बिचको सम्बन्ध । यदि निलम्वित सम्माननीय राणाजीकै शब्द सापटी लिएर भन्ने हो भने हाम्रो राजनीतिको पाटोभन्दा पनि न्यायालयको पाटो कति […]
नेपालको राजनैतिक व्यवस्थामाथि निरन्तर प्रश्न उठ्ने गरेको छ । बारम्बारको किचलो र कलहले नेपाली राजनीति सधैँजसो विवादमा रहन्छ । पुराना दलहरूको पदप्रतिको आशक्ति र जनताको वितृष्णाले गर्दा बिथोलिएको राजनीतिको अबको बाटो कस्तो बन्ला त ? यो प्रश्नको उत्तर स्थानीय निकायमा चुनाव जित्ने केही ‘स्वतन्त्र’ प्रतिनिधिले दिएका छन् । संघ र प्रदेशको चुनाव अझै टाढा भए पनि यसबेला गैरराजनीतिक व्यक्तिहरूको चुनावमा होमिने राजनीतिक लहड पुनः सुरु भएको छ । यसरी गैरराजनीतिक व्यक्तिहरू राजनीतिमा आएर परिर्वतनको सं
१० वर्षे सशस्त्र युद्धका कमान्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ शान्ति प्रकृयामा आएपछि डेढ दशक नेपाली राजनीतिको केन्द्रमा रहे । नेपाली राजनीति तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोईराला र प्रचण्डको वरिपरी घुमिरह्यो। तर, ...
नेपाली राजनीति र राजनीतिज्ञहरुमा राजनीतिको अर्थ, त्यसको सार्वजनिक पक्ष, मर्यादा र नैतिकताको सान्दर्भिकता तथा औचित्यबारे कुरा नगर्ने र बुझेजस्तो नगर्ने शायदै कोही छन्। तर, त्यसलाई व्यवहारमा लागू गर्ने या ठीक उल्टो नगर्ने कोही छैन भन्ने पनि त्यत्तिकै स्पष्ट छ। राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजन सम्बन्धी अध्यादेश तेस्रोपल्ट जारी गरिन् गत साता । पहिलो र दोस्रो […]
राजनीति देशको सम्पूर्ण क्षेत्रको टाउको हो । सबै नीतिहरूमा राजनीति उच्च नीति हो । समग्र समाजको हितका लागि काम गर्न सक्ने मूल विद्या नै राजनीति हो । यति मात्र हैन, राजनीतिबाहेक अरू कुनै विद्याबाट पनि समाजको सम्पूर्ण परिवर्तन सम्भव छैन । नेपाली राजनीति अहिले कुनै गर्भवती महिलाले बच्चा पाउन नसकी प्रसव वेदनामा छटपटाएझँै देखिएको छ […]