फुसको घर भएका विपन्नलाई जस्तापाता

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं ३ का १३ जनालाई जस्तापाता वितरण गरिएको छ। वडाभित्र बसोवास गर्ने फुसको घर भएकाहरूलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष टेकलाल सापकोटाले बताए।आगलागीबाट बच्न, वर्षेनि छाइरहने झन्झटबाट मुक्त गराउन जस्ता वितरण गरिएको उनले बताए। नगरपालिकाको ११ औं नगरसभाबाट स्वीकृत वडास्तरीय योजना तथा कार्यक्रमअन्तर्गत अति विपन्न गरिब परिवारलाई जस्तापाता वितरण गरिएको हो।प्रति घरपरिवारलाई तीन बन्डलका दरले वितरण गरिएको हो। जस्तापाता वितरण गर्दै सापकोटाले फुसले छाएको ठाउँ

सम्बन्धित सामग्री

विपन्नलाई छानो फेर्न लगाएर सरकारले पैसा पठाएन, ऋण काढेर छानो फेरेकाहरु सकसमा

झापाः ७४ वर्षीय सन्चमान राई फुसको छानो फेरेर बर्खाअघि पानी नचुहिने नयाँ घर बनाएर बस्न पाउँछु भन्दै निक्कै खुसी थिए।इलामको रोङ गाउँपालिका–४ ओझेली टोलका राई मनसुन सुरु हुनुअघिनै फुसले बनाएको खरको झुप्रो भत्काएर जस्तापाता र चित्राले बेर्ने योजनाकासाथ काम सुरु गरे।सरकारले सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत विपन्न तथा असहाय परिवारको पहिचान गरी पराल र खरको छाना घर भएका परिवारलाई ५० हजार दिने भएपछि गाउँपालिकाले उनको नाम छानो फेर्नको सूचीमा दर्ता गरायो।गाउँपालिकाबाट नयाँ घर बनाएबापत ५० हजार आ

जन्मदिनमा विपन्नका लागि जनप्रतिनिधिकाे जस्तापाता

ओखलढुंगा : ओखलढुंगाका एक जनप्रतिनिधिले आफ्नो जन्मदिन आफ्नो वडामा भएका एक घरविहीन बिपन्नलाई बस्ने घर बनाई दिएका छन्। ओखलढुंगा चम्पादेवी गाउँपालिका १० का वडा अध्यक्ष उज्जन बुढाथोकीले आफ्नो वडामा रहेका एक विपन्नलाई बस्ने बास बनाई दिएर जन्मदिन मनाएका हुन्। बुढाथोकीले आफ्नो जन्मदिनमा चम्पादेवी गाउँपालिका १० रानीवनका ...

विपन्नलाई घर छाउन अनुदानमा जस्तापाता

धनकुटा नगरपालिकाले आवास सहुलियत साझेदारी कार्यक्रमअन्तर्गत नगरभित्र विपन्न, असहाय र एकल महिलालाई घर छाउने जस्तापाता वितरण सुरु गरेको छ ।