मंकीपक्स संक्रमणको केन्द्र बन्दै यूरोप

यूरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ । पछिल्ला केही महिनामा यूरोप भर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत यूरोपका २५ देशहरूमा छन् । अफ्रिकाबाट उत्पत्ति भएको मोन्कीपक्स भाइरस डरलाग्दो रुपमा फैलिरहेको छ  । डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा वर्गीकरण भने गर