वसन्त ऋतुको सगरमाथा आरोहण एक साताभित्रै सुरु हुने भएको छ । सगरमाथा आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । त्यसैले यो ऋतुमा सगरमाथा आरोहण गर्न चाहने आरोहीको सङ्ख्या बढी हुने गरेको छ । पर्यटन विभागका अनुसार आधार शिविरदेखि चौथो शिविरसम्मको बाटो तयार भइसकेको छ । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार आरोहणका लागि डोरी टाँग्ने काममा खटिएका दक्ष कामदार (आइसफल डाक्टर) को टोली चौथो शिविरसम्म बाटो बनाएर आधार शिविर फर्किसकेको छ ।