काठमाण्डाै - देशका धेरै ठाउँको मौसम अहिले सामान्य बद्ली भएको छ ।
काठमाण्डौ उपत्यकामा बिहानैदेखि घाम लागेको छ । अरु धेरै ठाउँमा पनि मौसम सामान्य रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का पानी परिरहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । आज दिउँसो मौसम बद्ली भइ धेरै ठाउँमा हल्का पानी पर्ने अनुमान छ ।
प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अबक...