विराटनगर / गाडी तोडफोडमा संलग्न छ जनालाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । पक्राउ परेकाहरु नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका कार्यकर्ता हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गाडी तोडफोड गर्दै गर्दा दाहाल–नेपाल समूहका जिल्ला संघर्ष समितिका सह–संयोजक पारुल क्षेत्री र महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुका सह–इन्चार्ज उमेश ढुंगानालाई पक्राउ गरिएको बताए...