वैशाख ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरी जिल्लाको बलान बिगुल गाउँपालिकाका उपप्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अख्तियारले बलान बिगुल गाउँपालिकाका उप-प्रमुख रुवी गुप्ता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महेश कुमार यादव, तत्कालीन योजना शाखा प्रमुख रमेश मरीक यादव, तत्कालीन प्राविधिक शाखा प्रमुख सब–इञ्जिनीयर सन्तोष कुमार रजक र तत्कालीन सह–लेखापाल सुभाष चन्द्र लालविरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरूले वडा कार्यालय भवन निर्माण भएभन्दा नापी किताबमा बढी देखाई भुक्तानीको लागि कागजात पेस गरी १० लाख ५ हजार ४९७ रुपैयाँ भ्रष्टाचार गरेको पनि अख्तियारले बिगो दाबी गरेको छ ।