निषेधाज्ञा अवधिभर थप शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन् ।नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाव नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको प

सम्बन्धित सामग्री

मोरङका बैंक तथा वित्तीय संस्थाको कारोबार बन्द

विराटनगर (अस) । कोरोना महामारीको जोखिम न्यूनीकरण मोरङ जिल्लाभर सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्था जेठ ११ गतेसम्मलाई बन्द गर्ने निर्णय राष्ट्र बैंकको प्रदेश १ कार्यालयले गरेको छ । मोरङमा वैशाख १८ गतेबाट निषेधाज्ञा छ । राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहबमोजिम अत्यावश्यक बैंकिङ सेवाबाहेक अन्य सवै बैंकिङ क्रियाकलाप बन्द गर्न जिल्लाभर सञ्चालित बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिएको छ । बैंक तथा वित्तीय संस्थासँग जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटीएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न आग्रह गरिएको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने अनलाइन सेवा तथा मोबाइल बैंकिङ कारोबारमा शुल्क लिँदै आएका छन् । अघिल्लो कारोनाको लहरका बेला भने अनलाइन र एटीएम सेवा निःशुल्क थियो । राष्ट्र बैंकले कोरोना महामारीको पहिलो लहरको समय बैंक तथा वित्तीय संस्थालाई अनलाइन बैंकिङ तथा मोबाइल बैंकिङमा शुल्क नलिन, एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा थप शुल्क नअसुल्न निर्देशन दिएको थियो । यस पटक भने अनलाइन कारोबारमा शुल्क लिन छुट दिएको छ । स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाइ गर्दै आए पनि यसअघि बैंक तथा वित्तीय संस्थाहरू भने आलोपालो गरेर खुल्दै आएका थिए ।