काठमाण्डाै - पाकिस्तानसँगको टी–२० शृङ्खलामा अफगानिस्तानले ऐतिहासिक जित निकालेको छ।
गएराति शारजाहमा भएको दोस्रो टी–२० मा पाकिस्तान ७ विकेटको पराजित भयो। पहिलो खेलमा अफगानिस्तान ६ विकेटले विजयी भएको थियो । पाकिस्तानसँगको तीन खेलको टी–२० शृङ्खला अफगानिस्तानले एक खेल अगावै जितेको छ।
अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो शृङ्खला हो । पाकिस्तानले दिएको १ सय ३१ रनको लक्ष्य अफगानिस्तानले १९ ओभर ५ बलमा ३ विकेट गुमाउँदै भेट्टायो । अफगानिस्तानका रहमानउल्लाह गुरबाजले सर्वाधिक ४४ रन बनाए...