आर्थिक वर्षको बाँकी अवधिमा शतप्रतिशत पूँजीगत खर्च गर्न अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गर्न आग्रह गरेका छन् । उनले आज आयोजित कार्यक्रममा आर्थिक वर्ष सकिन बाँकी रहेको ६ महिनामा खर्च गरिसक्न आग्रह गरेका हुन् ।उनले हालसम्म बजेट खर्चको समिक्षा बैठकमा सचिवहरूसँग भने, ‘ आवश्यक परे मध्यरातमा पनि सहयोग गर्न तयार छु । आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ ।’मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्नुपर्ने बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरेका