उत्तर कोरियाले दियो अमेरिकालाई धम्की– विचार गरेर बोल्नुस्, अप्रिय स्थिति आउला

अमेरिकाको बाइडन प्रशासनले पहिलो कदम नै गलत चालेको र आफूहरूको क्षेप्यास्त्र परीक्षणलाई आलोचना गरी गहिरो शत्रुता उजागर गरेको उत्तर कोरियाले बताएको छ ।  शुक्रवार उत्तर कोरियाले नयाँ किसिमको ट्याक्टिकल छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको जनाएको थियो ।  राष्ट्रपति जो बाइडनले उक्त परीक्षणबाट संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् प्रस्तावको उल्लंघन भएको बताए तर प्योङयाङसँग कूटनीतिका लागि आफू खुला रहेको पनि भने ।  उत्तरको सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय समितिका सचिव री प्योङ चोलले दक्षिण काृरिया तथा...