चुनाव सकिएकाे अवसरमा आयाेगले जलपान कार्यक्रम गर्दै

काठमाण्डाै – निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनाव सफलतापूर्वक सम्पन्न भएकाे अवसरमा आउँदाे पुस ४ गते जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ । आयोगको प्राङ्गणमा दिउँसाे साढे १ बजेका लागि जलपान कार्यक्रम आयोजना गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।  जलपान कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको उहाँको ...