प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकमा ओलीले विश्वासको मत लिने सोचाइ बनाएको बताएका हुन् ।
संसदको बजेट अधिवेशन बोलाएर सरकारका नीति तथा कार्यक्रम ल्याउनुअगावै विश्वासको मत लिने ओलीले बताएका हुन् ।
‘प्रधानमन्त्रीज्यूले संसदमा विश्वासको मत लिने प्रस्ताव गर्नुभयो,’ एक मन्त्रीले लोकान्तरसँग भने ।
सरकारबाट हटे पनि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । यसअघि ओलीले २०७...