मलेसियाबाट एकैपटक ल्याइयो ९ श्रमिकको शव

४ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका ९ जना श्रमिकको शव शनिबार काठमाडौं ल्याइएको छ । वैदेशिक रोजगार बोर्डका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी विमानमार्फ शव नेपाल ल्याइएको हो । विदेशमा रोजगारीका क्रममा रहँदा मृत्यु भएका उनीहरुको शब परिवारले अन्त्यष्टि गर्ने गन्तब्यसम्म ढुवानी गरिएको बोर्डका प्रवक्ता दिनबन्धु सुवेदीले जानकारी दिए । यसअघि मलेसियाबाट […]