बाँके– बाँकेमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसान विषादी प्रयोगबारे सचेत बन्दै गएका छन् । नेपालगन्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकोमा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका […]
भक्तपुर – मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउने क्रममा सुकुम्वासी बस्तीका बासिन्दाको आक्रमणबाट २२ सुरक्षाकर्मी घाइते भएका छन् । शनिबार साँझ परेपछि सुकुम्वासी बस्तीमा सुरक्षाकर्मीले डोजर प्रयोग गरी सात पक्की घर भत्काएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण भएको थियो । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले […]
'कतिपय क्षेत्रमा ६० प्रतिशत माथि काम सम्पन्न भएको छ। केही क्षेत्रमा १ प्रतिशत मात्र काम भएको छ। अहिले सानो, ठूलो गरेर विभिन्न आठ वटा ठेक्का मार्फत काम भइरहेको छ।'
काठमाडौँ – काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँ–सिनामङ्गलमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा बत्तीको भरमा भत्काइएको छ । यो क्षेत्रमा घरटहरा भत्काउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । काठमाडौँ–९ गैरीगाउँको सुकुम्वासी बस्ती खाली गरिएको छ । गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएर टोली सिनामङ्गलस्थित सुकुम्वासी बस्ती हताइएको हो । सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका […]