पूर्वमा कोरोना संक्रमितले आईसीयू बेड पाएनन्

२६ असोज, विराटनगर । आइतबार विराटनगर–२ का ५२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भयो । होम आइसोलेसनमा बसेका उनलाई एक्कासी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार दिउँसो विराट मेडिकल कलेज लगियो । कलेजको गेटमा जाँच गर्दा …

सम्बन्धित सामग्री

रुपन्देहीका कोरोना संक्रमित पत्रकारलाई एचडीयू र आईसीयूको एक बेड निःशुल्क

कोरोना संक्रमित पत्रकारका लागि सहज उपचारको व्यवस्था मिलाउने गरी नेपाल पत्रकार महासंघ रुपन्देही र लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलबीच सम्झौता भएको छ ।  आइतवार अस्पताल परिसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकाल र पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलकाबीच उपचार सम्झौता भएको हो ।  सम्झौताअनुसार पत्रकारहरूलाई मात्र पीसीआर परीक्षण निःशुल्क गर्ने, कोरोना संक्रमित एचडीयु बेडमा महासंघको सिफारिस र प्राथमिकताको आधारमा एक बेड निःशुल्क उपलब्ध गराउने, कोरोना संक्रमित सघन उपचार कक्ष (आईसीयू) बेड...

आईसीयू बेड नपाउँदा रुपन्देहीमा कोरोना संक्रमित पुरुषको मृत्यु

रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पतालमा आईसीयू बेड नपाएर एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

कोरोना संक्रमित बढ्दा भारतमा अक्सिजनको चरम अभाव

वैशाख ५, नयाँदिल्ली । कोरोना महामारीको दोस्रो लहर शुरु भएलगत्तै संक्रमितसँगै मृत्यु हुने संख्या बढेपछि भारतको मेडिकल सुविधा यतिखेर असमन्जसमा परेको छ ।   नयाँदिल्ली लगायत भारतका कैयन शहरमा यतिखेर अक्सिजन ग्यासको अभाव भएको छ । कोरोना संक्रमितको संख्यामा अप्रत्याशित बढोत्तरी भएपछि त्यहाँका सरकारी तथा निजी अस्पतालहरुले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेका छन् ।   चरम अभावकै समयमा त्यहाँ अहिले विलेरी अक्सिजन कम्पनी प्रालि(बीओसी) यतिखेर सवैको तारो भइरहेको छ ।कम्पनीले पर्याप्त मात्रामा अक्सिजन ग्यास उत्पादन गर्न नसकेको भन्दै त्यहाँका स्वास्थ्य अधिकारीसमेत रुष्ट बनेका छन् । जसले विभिन्न अस्पतालहरुलाई अक्सिजन तथा कम्पनीलाई औद्योगिक ग्यास उत्पादन गरी वितरण गर्दै आएको छ ।   विगत तीन महीनामा उक्त कम्पनीको शेयर मूल्य दोब्बरले बढेको भारतीय टेलिभिजन च्यानलहरुले बताएका छन् । कम्पनीले भारतका विभिन्न अस्पतालमा प्रतिदिन २०० टन मेडिकल अक्सिजन वितरण गर्ने गरेको छ । भारतका विभिन्न अस्पतालमा भर्ना भएका कोरोना संक्रमितहरुलाई अक्सिजन अभाव हुँदा मृत्यु हुने जोखिम बढेको बीबीसीले बताएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले भेन्टिलेटरमा राख्नुपर्ने भन्दा पनि सङ्क्रमितलाई अक्सिजनको अभाव धेरै हुने हुँदा अक्सिजन उत्पादनका लागि विभिन्न उद्योगहरुलाई पूर्ण  क्षमतामा उत्पादन गर्न निर्देशन दिइएको बताएको छ । यसैवीच दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतवार आयोजित पत्रकार सम्मेलनमा दिल्लीमा कोरोना संक्रमितका लागि १०० ओटाभन्दा कम आईसीयू  कक्ष खाली रहेको बताएका छन् । उनले संक्रमितको उपचारलाई ध्यानमा राख्दै आईसीयू बेड थप गर्ने बारेमा सोचविचार गरिरहेको पनि बताएका छन् ।पछिल्लो २४ घण्टामा दिल्लीमा २४ हजार ३७५ जना नयाँ संक्रमितहरु थपिएका छन् । अवको दुई तीन दिनमा ६ हजार अक्सिजन युक्त कक्ष निर्माण गर्ने तयारी भइरहेको पनि उनले बताए । भारतमा शनिवार मात्रै १५ लाख ६६ हजार ३९४ जनाको कोरोना परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिलले बताएको छ ।  अप्रिल १७ सम्म कुल २६ करोड ६५ लाख ३८ हजार ४१६ जनाको कोरोना परिक्षण गरिएको पनि काउन्सीलले उल्लेख गरेको छ ।      कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ ।      भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले बताएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको छ ।एजेन्सी