बालेन अभियानको प्रभाव : मेलम्चीमा गैरकानुनी रुपमा निर्मित संरचना हटाउन निर्देशन

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)ले नगरभित्र बनेका अवैध संरचनाहरु आफैं उपस्थित भएर भत्काउन थालेपछि यसको प्रभाव देशका अन्य पालिकाहरुमा पनि परेको छ । यस क्रममा मेलम्ची नगरपालिकाले गैरकानुनी रुपमा बनेका संरचना हटाउन तथा बजार सरसफाइ गर्न निर्देशन दिँदै बजार अनुगमन गरेको छ । घर अगाडि बनाइएका भञ्याङ, व्यापारिक प्रयोजनका लागि हालिएका पालि तथा अन्य …