सहकारी क्षेत्रमा तरलताको अवस्था

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भएसँगै त्यसको प्रभाव सहकारी क्षेत्रमा पनि पर्न थालेको छ । वित्तीय पहुँचमा एक चौथाइ हिस्सा ओगट्ने सहकारीमा कारोबार पनि बढ्दै गइरहेको छ । तर, यो क्षेत्रको प्रभावकारी नियमन हुन सकेको छैन । प्रभावकारी नियमनको अभावमा संस्थाहरू समस्याग्रस्त हुने, सदस्यको बचत नै जोखिममा पर्ने जस्ता घटना पनि हुने गरेका छन् […]