न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा धवलागिरि अस्पताल प्रदेशकै उत्कृष्ट
धवलागिरि , गोरखा, म्याग्दी र लमजुङ अस्पतालमध्ये न्यूनतम स्वास्थ्य मापदण्डका आधारमा १०० मा ८४ अङ्क प्राप्त गर्दै गण्डकी अस्पतालका ५० शय्याको अस्पतालमध्ये धवलागिरी अस्पताल उत्कृष्ट भएको हो।
गलकोट, ९ माघ: धवलागिरि अस्पताल बागलुङ न्यूनतम स्वास्थ्य मापदण्ड सर्वेक्षणमा पुनः उत्कृष्ट अस्पतालका रूपमा देखिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक आर्थिक वर्षमा दुईपटक हुँदै आएको मापदण्डमा ५० शय्या क्षमता (सेकेण्डरी ए) का अस्पतालमध्ये अस्पतालले सर्वाधिक नम्बर प्राप्त गर्दै आएको छ । अहिले उत्कृष्ट भएको अस्पताल गत आव र गत असारमा भएको सर्वेक्षणका क्रममा […]