काठमाडौं । बेलायतमा एक नेपाली दम्पत्तीको पाँच दिनको अन्तरालमा निधन भएको छ । गुल्मी चन्द्रकोट ४ शान्तिपुर स्थायी ठेगाना भएका ४९ वर्षीय विजयकुमार पुन र उनकी धर्मपत्नी ५१ वर्षीया रत्नाकुमारी गुरुङ पुनको पाँच दिनको अन्तरालमा निधन भएको हो । रत्नाकुमारीको जनवरी ३ मा अस्पतालमा उपचार गराइरहेका बेला निधन भएको हो भने उनका पति विजयको बिहीबार निधन भएको हो ।उनीहरुका २ छोरी र एक छोरा रहेका छन् । गुल्मी जिल्ला समाज युकेका संस्थापक अध्यक्ष हाल सल्लाहकार रहेका ओम थापा काउचाले उनीहरुको पाँच दिनको अन्तरालमा