काठमाण्डाै – नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपाली कांग्रेसले देशको हित र आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्ने बताउनुभएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ वाग्मती प्रदेशले आज शुक्रवार आयोजना गरेको ‘दोस्रो किसुनजी स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष हाफ म्याराथन प्रतियोगिता पुरस्कार वितरण’ कार्यक्रममा बोल्दै उहाँले कांग्रेसले देशको आवश्यकतालाई केन्द्रमा राखेर परराष्ट्र नीति सञ्चालन गर्दै आएको र आउँदा दिनमा पनि गर्दै जाने बताउनुभएको हो । ‘कांग्रेसले सत्तामा हुँदा पनि...