काठमाडौं । भूकम्प प्रभावित गोरखा जिल्लाको बारपाक क्षेत्रको अवस्थितीलाई लिएर बारपाक फोटो प्रदर्शनी हुने भएको छ । नेपाल पर्यटन बोर्डको नियमित कार्यक्रम अन्तर्गतको फोटो नेपाल प्रदर्शनी कार्यक्रमका लागि यस पटक बारपारका फोटाहरुको अनलाइन प्रदर्शनी हुने भएको हो । २०७२ सालको विनाशकारी भुकम्पको केन्द्रबिन्दु कारणले राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा निकै चर्चा पाएको तर पर्यटकीय क्षेत्र समेत रहेको बारपाकको महत्व विश्व सामु मुखरित गर्ने उद्देश्यले बोर्डले फोटो प्रदर्शनी मार्फत समेट्ने भएको ह