स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सर पीडित कान्छी प्राध्यापकको अपील

स्तन, डिम्बाशय, पेट, कलेजो र फोक्सोको क्यान्सरलाई पछार्न सात वर्षदेखि उदाहरणीय आत्मबल र आफ्नै मिहिनेतको खर्चमा उपचाररत प्रा.डा. उर्मिला प्याकुरेलले अबको उपचार भने धान्न नसक्ने जनाउँदै सहयोगको अपील गरेकी हुन् ।