रक्तश्रावका कारण महाकाली प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको महाकालीप्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना भएकी वेदकोट नगरपालिका-९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले शिशु जन्माएपछि उच्च रक्तश्रावका कारण धामीको मृत्यु भएको बताए । श्रेष्ठका अनुसार महलिाको सालसमेत अड्किएको थियो । उनलाई अक्सिजन सपोर्टमा समेत राखिएको तर […]