राजसंस्था पक्षधरबारे ओलीको अभिव्यक्ति आपत्तिजनक : राप्रपा प्रवक्ता श्रेष्ठ

१७ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजसंस्था पक्षधरबारे आइतबार गरेको टिप्पणीप्रति राप्रपाले आपत्ति जनाएको छ । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ओलीले राजसंस्था मान्नेहरु फटाहा, मुर्ख र अज्ञानी भएको टिप्पणी गरेका थिए । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओलीको अभिव्यत्तिले राजसंस्था पक्षधर ठूलो पंक्तिको आस्था र भावनामा चोट पुगेको भन्दै आपत्ति जनाएका छन् […]