गुण एयरलाइन्सले काठमाडौं–सुर्खेत उडान गर्ने

गुण एयरलाइन्सले आइतबारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान सुरू गर्न लागेको छ । सन् २०२२ को सुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो ।हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतबारदेखि १८ सिटे जहाजबाट उडान सुरुआत गर्न लागेको जानकारी दिए ।काठमाडौं–सुर्खेत […]

सम्बन्धित सामग्री

आइतवारदेखि काठमाडौं–सुर्खेत उडान शुरु गर्ने तयारीमा गुण एयरलाइन्स

पुस १७, कर्णाली(सुर्खेत) । निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आइतवारदेखि काठमाडौं–सुर्खेत व्यावसायिक उडान शुरू गर्न लागेको छ । सन् २०२२ को शुरूआतमै यो कम्पनीले थप गन्तव्यका रूपमा सुर्खेत उडान गर्न लागेको हो । हाल बुद्ध एयरलाइन्सले मात्र काठमाडौं–सुर्खेत रुटमा उडान गर्दै आएको छ । गुण एयरलाइन्सका प्रवक्ता एवं बजार प्रमुख प्रज्ज्वल थापाले आइतवारदेखि १८ सिटे जहाजबाट उडान शुरुआत गर्न लागेको जानकारी दिए।             काठमाडौं–सुर्खेत उडानका लागि भाडादर तोकिसकेको छ । अनलाइन टिकटमा काठमाडौं–सुर्खेतका लागि ८ हजार ५४५, ९ हजार ५४५ र ११ हजार ४२०रुपैयाँ भाडादर तोकेको उक्त एयरलाइन्सले दैनिक बिहान ८ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ९ : ५० बजे उडान गर्ने बताएको छ । प्रवक्ता थापाले यही पुस २६ गतेदेखि भने दिउँसो २ : ३० बजे काठमाडौंबाट र सुर्खेतबाट ३ः५० बजे उडान गर्ने बताए । बुद्ध एयरले भने दैनिक बिहान ७ : २० बजे  काठमाडौंबाट उडान गर्दै आएको छ । रासस