अडाणी ग्रुपलाई ठूलो धक्का, ४३,५०० करोडको सेयर फ्रिज

एजेन्सी। एसियाकै दोस्रो धनी भारतीय व्यापारी गौतम अडाणीको ‘अडाणी ग्रुप’लाई ठूलो घाटा लागेको छ। नेसनल सेक्युरिटिज डिपोजिटरी लिमिटेड(एनएसडीएल)ले तीन विदेशी फन्ड्स अबलुला इन्भेस्टमेन्ट, क्रेस्टा र एपीएमएस इन्भेस्टमेन्ट फन्डको एकाउन्ट फ्रिज गरिदिएको छ। यी फन्ड्समा अडाणी गु्रपका चार कम्पनीको ४३, ५०० करोड रुपैयाँबराबरको सेयर लगानी छ। एनएसडीएलको वेबसाइट अनुसार, यी एकाउन्टहरु मे ३१ या त्योभन्दा अघि फ्रिज गरिएको हो।