कोपा अमेरिका : बोलिभियालाई हराउँदै उरुग्वे अन्तिम आठ

काठमाडौं : उरुग्वेले कोपा अमेरिका फुटबलमा  पहिलो जित निकालेको छ। पहिलो जितसहित उरुग्वे अन्तिम आठमा प्रवेश गरेको छ।  शुक्रबार विहान सम्पन्न खेलमा उरुग्वेले बोलिभियालाई २-० गोल अन्तरले पराजित गरेको हो।उरुग्वेको जितमा एडिनसन कभानीले एक गोल गरेका थिए भने एक गोल बोलिभियाका कार्लोस लाम्पेले आत्मघाती गोल गरेका थिए।यो जितपछि उरुग्वे नकआउट चरणमा पुगेको छ। उरुग्वेको ३ खेलमा एक जित, एक बराबरी र एक हारसहित ४ अंक भएको छ। त्यस्तै बोलिभियाको भने यो लगातार तेस्रो हार हो।समुह ए मा रहेको उरुग्वेसहि

सम्बन्धित सामग्री

कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

काठमाण्डाै - कोलम्बिया कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । बिहान भएको खेलमा उरुग्वेलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गरेर कोलम्बिया अन्तिम चारमा पुगेको हो । निर्धारित तथा थप गरिएको समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो । हारपछि उरुग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिकामा अहिले अर्जेन्टिना र इक्वेडर खेलिरहेका छन् ।

चिलीलाई स्तब्ध बनाउँदै ब्राजिल कोपा अमेरिका कपको सेमिफाइनलमा

काठमाडाैं। चिलीमाथि १–० को जित निकाल्दै ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान भएको खेलमा ब्राजिललाई जित दिलाउन ४६ औं मिनेटमा लुकास पाक्वेटाले निर्णायक गोल गरे। ४८ औं मिनेटमा गाब्रियल जिसस सिधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो। आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि उरुग्वे र कोलम्बिया तथा अर्जेन्टिना र इक्वेडरबीच खेल हुनेछ।

कोपा अमेरिका फुटबल : अर्जेन्टिना र उरुग्वे क्वार्टर फाइनलमा प्रवेश

काठमाण्डौ – अर्जेन्टिना कोपा अमेरिका फुटबलमा समूह विजेताको रुपमा क्वार्टर फाइनल प्रवेश गरेको छ । बोलिभियालाई ४–१ गोलले पराजित गर्दै अर्जेन्टिना क्वार्टर फाइनल प्रवेश गरेको हो । जितसँगै अर्जेन्टिनाले ४ खेलबाट १० अङ्क बनाएको छ ।  बोलिभिया भने कुनै पनि खेल नतिजा बाहिरिएको छ । अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले २ गोल गरे भने एलेजेन्ड्रो गोमेज र लाउटारो मार्टिनेजले एक/एक गोल गरे । कोपा अमेरिका अन्तर्गत आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० गोलले पराजित गरेको छ ।  जितसँगै उर...

समूह उपविजेता बन्दै उरुग्वे कोपा अमेरिका कपको नकआउट चरणमा

एजेन्सी।कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा पाराग्वेलाई १-० ले पराजित गर्दै उरुग्वे समूह 'ए'को उपविजेता बन्दै प्रतियोगिताको नकआउट चरणमा पुगेको छ।ओलम्पिक रंगशालामा सम्पन्न खेलमा उरुग्वेका लागि एडिन्सन काभानीले २१ औ मिनेटमा पेनाल्टीमार्फत निर्णाएक गोल गरे।उरुग्वेसँग पराजित भएको पाराग्वे समूहको तेस्रो स्थानमा रहदै नकआउटमा प्रवेश गरेको छ।समूह 'ए' बाट उरूग्वे र पाराग्वेसँगै अर्जेन्टिना र चिली नकआउट चरणमा पुगेका छन्।

कोपा अमेरिकाः समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो

काठमाडौँ – कोपा अमेरिका फुटबल अन्तगर्त समूह एबाट क्वाटरफाइनल पुग्ने चारवटै टोलीको टुंगो लागेको छ। अर्जेन्टिना, पाराग्वे, चिली र उरुग्वे अर्को चरणमा पुग्ने निश्चित भएको हो। तर, कुन स्थानमा रहेर अर्को चरणमा कोसँग खेल्छन् भन्ने तय हुन बाँकी छ। शुक्रबार बिहान भएको खेलमा उरुग्वेसँग पराजित भएसँगै बोलिभिया समूह चरणबाटै बाहिरिएको छ। उरुग्वेले बोलिभियालाई २–० गोल […]

कोपा अमेरिका : उरुग्वे र चिली बराबरीमा रोकिए

काठमाडौं : कोपा अमेरिका फुटबलमा चिली र उरुग्वेले बराबरी खेलेका छन्। आज विहान भएको खेलमा चिली र उरुग्वेले एक एक गोलको बराबरी खेलेका हुन्। समूह एमा रहेका दुई टोलीले एक एकको बरारीमा रोकिएका हुन्।चिलीका लागि खेलको २६ औँ मिनेटमा इडुड्रो भड्रासले गोल गर्दै  अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शून्यले अग्रता लिएको चिलीले दोस्रो हाफको ६६औँ मिनेटमा अटुरो भिडालले आत्मघाती गर्दै उरुग्वेलाई बराबरी ल्याउने अवसर दियो। त्यसपछि दुवै पक्षबाट कुनै गोल हुन सकेन। समूह ए मा रहेको चिलीको ३ खेलबाट प

भिडालले आत्मघाती गोल गर्दा उरुग्वेसँग बराबरीमा रोकियो चिली

कोपा अमेरिका अन्तर्गत आज बिहान सम्पन्न समूह 'ए' को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा सम्पन्न खेलमा चिली र उरुग्वे १-१ को बराबरीमा रोकिएका हुन्। खेलको २६ औं मिनेटमा इडुआर्डो भार्गसको गोलमा चिलीले खेलमा अग्रता बनाएको थियो। पहिलो हाफमा चिली एक गोलले अघि रहे पनि…

कोपा अमेरिकामा दुई खेल: अर्जेन्टिनालाई पाराग्वेको चुनौती

कोपा अमेरिका अन्तर्गत भोलि बिहान दुई खेल हुँदैछन्। समूह 'ए' अन्तर्गतको भोलि बिहानको पहिलो खेलमा चिली र उरुग्वे भिड्ने छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा बिहान पौने तीन बजे हुने खेलमा कोपा अमेरिकाको सर्वाधिक सफल टिम उरुग्वेले चिलीको सामना गर्ने। आफ्नो पहलो खेलमा अर्जेन्टिनासँग पराजय ब्यहोरेको उरुग्वे दोस्रो खेलमा पहिलो जितको…

कोपा अमेरिकामा आज राति चिली र उरुग्वे भिड्दै

एजेन्सी।कोपा अमेरिका फुटबल प्रतियोगितामा आजराति चिली र उरुग्वे भिड्दै छन्।ब्राजिलको एरिना पन्तानलमा हुने खेल नेपाली समयअनुसार राति २ः४५ बजेदेखि सुरु हुनेछ।त्यस्तै प्रतियोगिताको दोस्रो खेलमा भोलि बिहान अर्जेन्टिना र पराग्वेबीच प्रतिस्पर्धा हुँदैछ। स्टाडियो नासिओनल रंगशालामा हुने खेल बिहान ५ः४५ बजेबाट सुरु हुनेछ।प्रतियोगिताको समूह ‘बी’मा रहेको अर्जेन्टिना अंकतालिकाको शीर्ष स्थानमा छ भने चिली दोस्रो, पराग्वे तेस्रो र उरुग्वे चौथो स्थानमा छ।

कोपा अमेरिका फुटबलमा अर्जेन्टिना र उरुग्वे खेल्दै

काठमाण्डाै - कोपा अमेरिका फुटबलमा समूह 'ए' का अर्जेन्टिना र उरुग्वे खेल्दै छन् । खेल बिहान पौने ६ बजे हुनेछ । पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिना उरुग्वेलाई हराउँदै समूहमा पहिलो जितको खोजीमा हुनेछ । यस्तै, उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहन्छ । समूह 'ए' मा चिली चार अङ्कका साथ शीर्ष स्थानमा छ भने पाराग्वे तीन अङ्कका साथ दोस्रो स्थानमा छ । यस्तै, एक अङ्क जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । एक खेल पनि नखेलेको उरुग्वे पुछारभन्दा माथि र बोलिभिया अङ्कविहीन हुँदै पुछ...