काठमाण्डौ – यूएईले पनि मध्यान्हको समयमा श्रमिकलाई सिधा घाम पर्ने खुला ठाउँमा काम लगाउन प्रतिबन्ध लगाएको छ ।
जुन १५ अर्थात् गएको जेठ ३२ गतेदेखि मध्यान्ह साढे १२ बजेदेखि ३ बजेसम्म सिधा घाम पर्ने खुला ठाउँमा श्रमिकलाई काममा लगाउन प्रतिबन्ध लगाएको स्थानीय सञ्चार माध्यमले खबर लेखेका छन् । यो नियम आउँदो सेप्टेम्बर १५ सम्म लागू हुने छ ।
प्रतिबन्ध लगाएको समयमा खुला ठाउँमा काम लगाएको पाइएमा रोजगारदातालाई प्रत्येक श्रमिक बराबर पाँच हजार दिर्हाम जरिबाना हुने छ ।
रोजगारदाताले यो समयमा जबरजस्ती काममा लगाएमा ६००५९०...