दुई दिनदेखि परेको वर्षाले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ । गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङमा बाढीपहिरोले सबैभन्दा बढी क्षति पुगेको छ ।
RajdhaniDaily.com | जब बर्खा आउँछ । नेपालमा बाढीपहिरोले कहालीलाग्दो कहर लिएर आउँछ । घनघोर वर्षासँगै पहाड पहिरोको चपेटामा पर्छ, तराई बाढीमा चुर्लुम्म डुब्छ । हरेक वर्ष -
बाजुराका बाढीपहिरोपीडितलाई बर्खा लागेसँगै घरबासको चिन्ता हुन थालेको छ । दुई वर्षअघि जेठमा आएको बाढीपहिरोबाट पीडित व्यक्ति अझै घरबासको चिन्ता गरिरहेका छन् । यस जिल्लाका अधिकांश गाउँबस्ती बाढीपहिरोको उच्च जोखिममा परेको कुरा विभिन्न अध्ययनले देखाएको छ । जोखिममा परेका ती बस्ती अहिले कतै स्थानान्तरण नहुँदा यहाँका स्थानीयलाई बर्खाको समयमा घरबासकै चिन्ता हुन थालेको हो । हिउँदमा बाढीपहिरोको खासै डर नहुने हुँदा जोखिमयुक्त ठाउँमा बसोबास गर्दै आए पनि बर्खामा पहिरोले घर नै बगाउँछ कि भन्ने मनमा चिन्ता लाग्न थालेको स्वामीकार्तिक गाउँपालिका–२, मुक्तिकोटका स्थानीय नरे लुहारले बताउनुभयो ।
महत्वपूर्ण राजमार्गमा मात्र बेलिब्रिज प्रयोग गर्न सक्ने अवस्था : सडक विभाग
बाढीपहिरोको जोखिम रहने बर्खा सुरु भइसक्दासमेत सरकारसँग तत्काल जडान गर्न सकिने मोटरेबल पुल अर्थात् बेलिब्रिजको स्टक ज्यादै न्यून देखिएको छ । अहिले...
बर्खा लागेपछि बागलुङका घरबास (होमस्टे) पाहुना विहीन बनेका छन् । असार–साउनमा बागलुङमा पर्यटकको आगमनसमेत ह्वात्तै घटेको छ भने घरबास सञ्चालकसमेत खेतीपातीको काममा व्यस्त भएका छन् । बागलुङका पर्यटकीय सम्भावना भएका गाउँमा पछिल्लो समय घरबास कार्यक्रम निकै प्रभावकारी छ । बर्खामा पर्यटकको आगमनमा कमी हुनु, ग्रामीण सडक समस्याग्रस्त हुनु र बाढीपहिरोको घटनामा वृद्धिका कारण घरबासमा कमैमात्र पर्यटक पुग्न थालेका हुन् । महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण दुई वर्ष थला परेका घरबास कोरोनापछि राम
नेपालमा मनसुनी याम सुरु भएसँगै बाढीपहिरोको जोखिम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुङ्गा, काभ्रे, तनहुँ र स्याङजा क्षेत्रका केही ससाना खोला नदीमा अचानक बाढी आउनसक्छ । तर, मुलुकका प्रमुख नदीमा बहाव सतर्कता तहभन्दा तलै रहने आँकलन गरिएको छ । बर्खा याम सुरु भएसँगै महाशाखाले बाढी बुलेटिन जारी गर्न थालेको हो ।काठमाडौं उपत्यकामा बिहानैदेखि बदली छ । पछिल्लो २४ घन्टामा प्रदेश १, मधेश, बागमती र गण्डकीका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी भ
हिमाली जुगल गाउँपालिकाका बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । आउँदो बर्खा अगाडी नै ती बस्ती स्थानान्तरण गर्न उनीहरूले सरकारलाई सुझावसमेत दिएका छन् ।