राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति र चुनावमा युवाहरूको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताएका छन् ।‘एकथरी नेताहरू विगत एकतीस वर्षदेखि सत्तामा छन् । केही सीमित नेताहरूको प्रभावमा शासन सत्ता चलिरहेको छ । तर, देशको अवस्था ओरालो लाग्दो छ, प्रणाली नै असफल भएको छ,’ राप्रपा अध्यक्ष लिङ्देनले भने ।‘शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई फेरि कति पटक प्रधानमन्त्री बनाए वा कति समय थप दिए देश बन्छ ? कस्तो विकास र परिवर्तन हुन्छ ? यस कारण देशमा