तपाईंले महाभारतको अध्ययन गर्नु भएको छ वा महाभारतबारे जानकार हुनुहुन्छ भने पाण्डब र कौरबबीचको युद्ध हुनुको प्रमुख कारण एक जना व्यक्ति हुन् भन्ने थाहा पाउनु भएको होला ।
धृतराष्ट्रका पाच पाण्डवका काका हुन् । जो जन्मदै आँखा नदेख्ने भएका कारण कुलको जेठो हुँदा हुँदै पनि राजा बन्न पाएका थिएनन् । उनको सट्टा वलवान तथा ज्ञानी उनकै भाइ पाण्डु राजा बनेका थिए ।
तर पाण्डुको अल्पायुमै निधन भएपछि राजा बन्ने अवसर पुन अन्धा राजा धृतराष्ट्रमा गएको थियो ।
पाण्डुका पाँच छोरा सानै थिए भने धृतराष्ट्रका छोरा दुर्योधनसहि...