फोर जी सेवा विस्तार, ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज
१५ असोज, काठमाडौं । नेपाल टेलिकमले फोरजी सेवा विस्तारसँगै ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज उपलब्ध गराउने भएको छ । टेलिकमले आज सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्दै छ । यसअघि फोर जी सेवा काठमाडौं …
पुस १९, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गत विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको सोमवार बसेको बैठकले टेलिकमको इन्टरनेट सेवा प्रवाहमा गुनासो आएकोले टेलिकमको इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएको हो ।
समितिले आगामी आयोजना जनताले अपेक्षा गरे अनुरुप बनाउन पनि टेलिकमलाई भनेको छ । समितिले नेपाल टेलिकमले अघिल्लो आर्थिक वर्षमा सबै स्थानीय तहमा फोर जी सेवा विस्तार गरिसक्ने कार्ययोजना समितिमा पेस गरेको उल्लेख गर्दै बाँकी रहेका ४३ ओटा स्थानीय तहमा कहिलेसम्म सेवा पुर्याउने हो त्यसको कार्ययोजना पनि सात दिनभित्र पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई भनेको छ ।
बैठकमा सहभागीहरुले अझै पनि मुलकका कतिपय स्थानीय तहमा फोन नलाग्ने अवस्था रहेको भन्दै नेपाल टेलिकमको सेवाको विस्तार र गुणस्तरीयता वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए ।