बेलायतमा पहिलो पल्ट घर किन्नेको औषत उमेर ३२ वर्ष, नेपालीले कति उमेरमा बनाउँछन् पहिलो घर ?

२४ वर्षिय जेक ओलेनिकले आफ्नो तलबको करीब दुई तिहाई लन्डनमा फ्ल्याट किन्न खर्चिरहेका छन् । नयाँजागिर, राम्रो बचत र घरपरिवारको राम्रो अवस्था लगायतका कारणले पनि उनले किलबर्नमा एउटा फल्याटमा केही स्वामित्व किन्न पैसा खर्च गर्न सकेका हुन् । जेकले आफ्नो प्रेमिकासँग मिलेर वेष्ट ह्याम्पस्टेडमा एउटा फ्ल्याटमा बस्न शुरु गरेका थिए । सोको भाडा दुबैले मिलेर आधा-आधा तिर्थे ।  अक्टोबरमा सम्बन्ध टुटेपछि सबै भाडा उनी आफैंले   तिर्नु पर्यो ।यसो गर्दा उनको तलबको झन्डै ६० प्रतिशत रकम भाडामै जान्थ्यो ।  यति धेरै भाडा सधैं तिर्न नसकिने अनि यो भन्दा बरु फ्ल्याट नै किन्नु बेश हुने सोचेर उनले किलबर्नमा हाउजिङ संगठनसँगको स्वामित्व साझेदारीमा एउटा फ्ल्याटको ४० प्रतिशत स्वामित्व किन्न शुरु गरे । उनले भाडा, मोर्टगेज र सेवा शुल्क गरेर तलबको ३५ प्रतिशतमात्रै तिरे पुग्छ । सेवाशुल्क फ्ल्याटमा सरेपछि मात्रै तिर्ने हो ।  गतवर्ष घरसम्पत्ति खरिदमा पहिलो पटक पाइला टेक्ने जेक एक मात्र होइनन् ।  मोर्टगेज प्रदायक कम्पनी हालिफ्याक्सकाअनुसार घरको मूल्य बढिरहेको र घर किन्न सक्ने क्षमता घटिरहेको अवस्थामा समेत गतवर्ष पहिलो पटक घर किन्ने क्रेताको संख्या कीर्तिमानी उचाईमा उक्लिएको छ ।  पहिलो पटक घर किन्नेको भीड  सन् २०२१ मा पहिलो पटक घर वा फ्ल्याट किन्नेको संख्या ४ लाखभन्दा धेरै छ । यो अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतभन्दा धेरै भएको हालिफ्याक्सको भनाइ छ । सन् २०२० मा आफ्ना क्रेता १३ प्रतिशतले घटेर ३ लाखमा झरेको कम्पनीले बताएको छ ।  सन् २०२० मा स्ट्याम्प शुल्क छूट शुरु भएपछि घर क्रेताहरुको खरिदारी ह्वात्तै बढेको थियो । तर यो भीडमा पहिलो पटक घर किन्नेहरु थिएनन् ।  तर नयाँ बनेको घरको संख्या बढेपछि घर सम्पत्तिको मूल्य बढेपनि पहिलो पटक घर किन्नेहरुको ताँती लागेको छ । गएको वर्ष घर खरिद सम्बन्धी निणर्यलाई प्रभावित बनाउनकयौं कारकहरु भएको हालिफ्याक्सका मोर्टगेज निर्देशक इस्थर डिज्क्स्त्रा बताउँछन् ।  यसको एउटा कारण चाँहि महामारी बीच घरबाटै काम गर्नु पर्ने अवस्था र ठाउँ अभाव आदि रहेको उनको भनाइ छ । स्ट्याम्प शुल्कमा छूटका कारण मानिसहरुले अर्को घर किनेर अहिले बसिरहेको घर छाड्ने क्रम बढ्दा पनि पहिलो पटक किन्नेहरुकालागि घरको उपलब्धता बढेको हो ।  सन् २०११ मा पहिलो पटक घर किन्नेको औसत उमेर २९ वर्ष थियो । यो बढेर गतवर्ष ३२ मा पुगेको छ । घर किन्न ठूलो रकम डिपोजिट राख्नु  पर्ने भएकोले पनि औसत उमेर बढेको डिज्क्स्त्रा बताउँछन् । डिपोजिटको लागि आवश्यक रकम जुटाउन गाह्रो भएपछि खरिद मूल्य र डिपोजिटबीचको अन्तर बेलायतको हरेक क्षेत्रमा फारकिलो बन्दै गएको पनि उनले बताए ।  पहुँच अभाव पछिल्लो समय बेलायतमा स्कटल्यान्डका केही स्थानबाहेक सबैतिर घर महँगो बनेको छ । औसतमा अहिले पहिलो पटक घर किन्न लागेका क्रेताले वार्षिक तलबको सात गुणा जति खर्च पर्नु परिरहेको छ । औसत आयको तुलनामा घरको सहजता पनि चार गुणा भएको छ । सन् २०११ यता केही क्षेत्रमा यो दरमा तीव्र कमी आएको छ । दशकौंसम्म माग अनुसार पर्याप्त घर बनाउन नसक्दा घरको मूल्य र भाडा बढेको प्राइस्ड आउट अभियान समूहकी निर्देशक आन्या मार्टिन बताउँछिन् ।  पहिलो पटक घर किन्न लागेकाहरुलाई लक्षित गरेर ल्याइएको योजनाहरुले केहीलाई टेवा मिले पनि यसले घरको उच्च मूल्यको कारण समाधान गर्न भन्दा पनि यसैलाई मलजल गर्न काम गर्ने मार्टिनको चिन्ता छ ।  नेपालमा कति वर्ष पुगेपछि किन्छन् पहिलो घर ? नेपालमा भने घर किन्ने भन्दा पनि पहिला जग्गा किन्ने र त्यसपछि मात्रै विस्तारै आफै घर बनाउने  प्रचलन देखिन्छ । रेमिट्यान्समा आधारित अर्थतन्त्र भएको नेपालमा विदेश जानेहरुले भने यहाँ पनि २५ देखि ३० वर्षको उमेरमै आफ्नो घर बनाइसकेको पाइन्छ । त्यस्तै आफ्नै व्यवसाय शुरु गर्ने केही युवाहरुले पनि ३० देखि ३५ वर्षको उमेरमा आफ्नो घर बनाएको पाइन्छ । सरकारी जागिरे, बैंक तथा वित्तीय संस्थाका जागिरे लगायतका उच्च तलव हुने जागिरेले पनि ३० देखि ३५ वर्षको उमेरमा आफ्नो घर बनाएको पाइन्छ । त्यस्तै प्राइभेट कम्पनीमा काम गर्ने नेपालीहरुले भने फरक फरक उमेरमा आफ्नो घर बनाएको पाइन्छ । 

सम्बन्धित सामग्री

‘भाइरल घर’ बन्यो सिकर्मी घर

यो घर बसोबासको हिसाबले पनि तुलनात्मक रूपमा वातावरणमैत्री मानिन्छ। चिसोमा धेरै चिसो नहुनु र गर्मीमा पनि गर्मी नहुनु नै यस्ता घरको विशेषता हो। यही कारण बुढाबुढीका लागि ढलानका आरसिसी घरभन्दा यस्ता घर बढी उपयुक्त मानिन्छन्।...

‘के घर के डेरा’ टिजर : काठमाडौंमा घर हुने र नहुनेको कथा

काठमाडौं । दयाहाङ राई र विपिन कार्की स्टारर ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ । दुई मिनेट लामो टिजरले काठमाडौंमा घर हुने र नहुने परिस्थितिको कथा भन्छ । दीपेन्द्र के खनाल निर्देशित यो सोसल ड्रामा फिल्मले घर नहुँदा काठमाडौंमा हेपिने र घर किन्ने चाहना बोकेका पात्रलाई व्यंग्य गर्छ । मध्यमवर्गीय मानिसका लागि घर […]

हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

सरकारले हरेक घर : ऊर्जा घर को अवधारणा ल्याएको चार वर्ष बितिसक्दा पनि यो अवधारणा कार्यान्वयनमा आउन सकेको छैन । २०७५ सालको वैशाखमै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले श्वेतपत्र जारी गरी हरेक घर : ऊर्जा घरको अवधारणा ल्याएको हो।उक्त अवधारणामा ऊर्जा दक्षता कार्यक्रम र घरको छानामा राखिने रूफटप सौर्य ऊर्जालाई 'नेट मिटरिङ तथा नेट पेमेन्टको आधारमा राष्ट्रिय प्रसारण लाइनमा जोड्ने कार्यक्रमलाई अभियानको रूपमा अघि बढाइने उल्लेख छ। तर, अहिलेसम्म पनि यो कार्यक्रम कार्यान्वयन तहमा गएको छैन। पाइलट प्र

सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर बनाउँदिनँः सागर थापा

मोरङ – एमाले मेयर उम्मेदवार सागर थापाले विराटनगर महानगरमा रहेका सुकुम्बासीको घर नबुन्जेल आफ्नो घर नबनाउने घोषणा गरेका छन्। निर्वाचनका क्रममा सोमबार विराटनगरमा घरदैलो कार्यक्रममा उम्मेदवार थापाले आफू भाडाको घरमा बसिरहेको हुँदा सुकुम्बासीको घर नबनुन्जेल आफ्नो घर नबनाउने बताएका हुन्। महानगरभित्र २० हजार संख्यामा सुकुम्बासी रहेको बताएका थापाले जग्गा नभएकालाई जग्गा व्यवस्थापन गर्दै घर नबनाउन्जेल […]

‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ ।आइतबारदेखि नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि पुनः अर्को चरणको […]

‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु

काठमाडौं । नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ । आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर-घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो । एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान शुरु भएको जानकारी गराउँदै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो अभियान पहिलो चरणको भएको र आगामी चैत २९ पछि […]

घर-घर जाऔँ, कांग्रेस जिताऔँ: विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान शुरु गरेको छ। आइतबार नेपाली कांग्रेसले एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको शुभारम्भ गरेको हो।...

घर

यस्तो घर पनि के घर ? यस्तो जिन्दगी पनि के जिन्दगी ? ऊ यस्तै केके सोचिरहन्थ्यो।

बाढीले चार घर बगायो, सात घर जोखिममा

गोरखा। चुमनुव्री गाउँपालिका—२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले ४ घर बगाएको छ। आइतबार रातिदेखि परेको अबिरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ। विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ।

पहिरोले बिर्घामा एक घर पुरियो, जोखिममा दुई घर

पाल्पा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित गौतमटोलमा पहिरोले एक घर पुरिएको छ। दुई घर जोखिममा रहेका छन्।स्थानीय दीपक नेपालीको पसल रहेको घर पुरिएको हो। चार दिनदेखि परेको अविरल वर्षासँगै माथिबाट झरेको पहिरोले घर पुरिएको बिर्घा प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक रिखाईप्रसाद चौधरीले बताए। पहिरो झर्ने खतरा भएपछि पसलबाट सबै सामग्री यसअघि नै निकालिएको थियो। सानो टिनको छाप्रो पुरिएको उनले बताए। मानवीय क्षति भने भएको छैन्। समयमै सचेतना अपनाएका कारण अन्य क्षतिसमेत बढी हुन पाएन।पह