स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्मी बढेपछि सचेत हुन आग्रह गरेको छ । गर्मी मौसममा तातो हावा ‘लु’ ले स्वास्थ्यमा जोखिम पुर्याउन सक्ने भएकाले सचेत रहन स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आग्रह गरेका छन् । यो मौसममा चल्ने तातो हावाले धेरैलाई सताउँछ । पश्चिम तराईका विभिन्न ठाउँमा चर्को घाम र तातो हावा हुँदा धेरै जना बिरामी हुनुका साथै ज्यान समेत जान सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन् ।हिमाल अनि लेकमा अक्सिजनको कमी भएमा लेक लाग्छ भने अत्यधिक गर्मी