भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए, यो अमेरिकामा भेटिएका नयाँ संक्रमितभन्दा ९ गुणा बढी

भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ ।भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।यता कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो ।

सम्बन्धित सामग्री

भारतमा पछिल्लो २४ घण्टामा ३.९२ संक्रमित भेटिए, शुक्रबार ४ लाख बढी भेटिएका थिए

भारतमा शनिबार २४ घण्टामा ३ लाख ९२ हजार ५५९ नयाँ संक्रमित भेटिए । यस्तै, ३,६८४ को ज्यानसमेत गएको छ  । भारतमा कोरोनाको दोस्रो लहरका बीच पहिलो पटक निको हुने बिरामीको आँकडा ३ लाख पार भएको छ । शनिबार ३ लाख ८ हजार ५२२ बिरामी निको भएर घर फर्किएका छन् । यसअघि रेकर्ड स्तरको ४ लाख १ हजार ९११ नयाँ संक्रमित भेटिएका थिए । यो संसारको कुनै देशमा एकैदिन भेटिएका नयाँ संक्रमितको सबैभन्दा ठूलो संख्या हो । यतिमात्रै होइन, यो आँकडा सबैभन्दा धेरै संक्रमित अमेरिकामा भेटिएका नयाँ बिरामीभन्दा सात गुणा बढी हो ।