राष्ट्रपतिको सवारीले काठमाडौंमा 'ट्राफिक जाम' (तस्बिरमा)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी काठमाडौंको जमलमा एक कार्यक्रममा सहभागी हुन निस्किएपछि त्यस वरपरको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ । राष्ट्रिय नाचघरमा भएको एक कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी शीतलनिवासबाट निस्किएकी थिइन् । हेरौं, राष्ट्रपतिको सवारीका कारण रत्नपार्कक्षेत्रमा देखिएको ट्राफिक जाम