काठमाडौं- विश्व स्वास्थ्य संगठन डब्लूएचओले जलवायु परिवर्तनको असर कम गर्ने सम्बन्धी विशेष तथा ठोस कार्ययोजनाहरू निर्माण गर्नुपर्नेमा जोड दिएको छ । विश्व स्वास्थ्य दिवसका अवसरमा डब्लूएचओले विश्वका सरकारहरूलाई सो आग्रह गरेको हो । विज्ञप्ति जारी गर्दै डब्लूएचओले जलवायु परिवर्तनका कारण विश्वमा स्वास्थ्यका क्षेत्रमा ठूलो असर परिरहेकाले यसका लागि आवश्यक कार्ययोजना बनाउन समेत आग्रह गरेको छ । […]