गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ गराउने तयारी भइरहेको छ । प्रदेशसभा सचिवालयले शपथको तयारी थालेको हो ।६० सदस्यीय गण्डकी प्रदेशसभामा ५ दलको प्रतिनिधित्व छ । नेपाली कांग्रेस २७ सिटसहित पहिलो दल, एमाले २२ सिटसहित दोस्रो दल, नेकपा माओवादी ८ सिटसहित तेस्रो दल बनेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिकमा २ सिट र एकीकृत समाजवादीले प्रत्यक्षमा १ सिट ल्याएको छ ।निर्वाचन परिणाम सार्वजनिक भएको एक साता बितिसक्दा पनि गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने कुनै पनि दलले