विनासकारी भूकम्पले बस्ती क्षति भएको ५ वर्षपछि सरकारले जिल्लुमा एकीकृत बस्ती निर्माणको काम सुरु गरेको छ । भूकम्पले बस्ने बास क्षति भएपछि स्थानीय पक्की भवनको आश गर्दागर्दै ५ वर्ष बित्न लागेका बेला बुधबारदेखि बस्ती निर्माणको काम सुरु भएको हो ।
भूकम्पपछि एकीकृत बस्तीको सपना देखेका जिल्लाको भीमेश्वर नगरपालिका–४ जिलुस्थित फस्मे र डिही गाउँमा बस्ती निर्माण बुधबार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगलले एक समारोहका बीच बस्तीको औपचारिक रूपमा शिलान्यास गरे । शिलान्यास कार्यक्रममा मन्त्री ढुंगेलले एकीकृत बस्ती बनेसँगै थप विकासका पूर्वाधारको विस्तार गर्न सहज हुने बताएका छन् ।