ओलीले निकै प्रचार गरेको ग्यास पाइपलाइन दुईवर्ष नपुग्दै बन्द, डेढ करोड लगानी- बालुवामा पानी !

विराटनगर महानगरपालिका– १४ स्थित गौसेवा सदनबाट उत्पादन गरेर पाइपमार्फत स्थानीयको घर–घरमा पुर्‍याइएको ग्यासको सप्लाइ बन्द भएको पनि लामो समय बितिसकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निकै प्रचार र तामझाम गरी उद्घाटन गरेको प्लान्टमार्फत उत्पादन भएको ग्यास गत वैशाखदेखि नै सर्वसाधारणको चुल्होमा पुग्न बन्द भएको हो ।  ओलीको कार्यकालमा शुरू भएको आयोजना उनकै कार्यकालमा दुई वर्ष बित्न नपाउँदै बन्द भएपनि यसलाई सुचारु गर्नतर्फ कसैको ध्यान गएको छैन । विराटनगरको डिग्री क्याम्पसमा कम्पाउन्ड वाल लगाउने क्...